Logo

चलचित्र क्षेत्र अझै अनिश्चित



काठमाडौं, असार २७ । निषेधाज्ञा विस्तारै खुकुलो हुँदै अधिकांश क्षेत्र क्रमिक रूपमा खुल्न थाले पनि चलचित्र क्षेत्र अझै निषेधमै छ ।

लामो निषेधाज्ञाले चलचित्र क्षेत्रले ठूलो घाटा बेहोर्नुका साथै यससँग सम्बन्धित हजारौँ मानिस बेरोजगार भएका छन् । निषेधाज्ञा क्रमिक रूपमा खुकुलो हुँदै गएको अवस्थामा चलचित्र क्षेत्र पनि खुला हुनुपर्ने माग गरिएको छ ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले भने, “अहिले धेरै क्षेत्र खुलिसकेका छन् । चलचित्र क्षेत्र पनि स्वास्थ्य मापदण्ड पालना गरेर खुला हुनुपर्छ । ” सुरक्षा सतर्कता अपनाएर चलचित्र हल सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै उहाँले काम गरेर खाने प्राविधिक अहिले धेरै अप्ठ्यारोमा परेको बताए ।

नेपाल प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले चलचित्र हल खुला नहुँदा प्राविधिकहरू धेरै समस्यामा परेको गुनासो गर्दै वितरण गरिएको राहत सामग्रीका कारण अहिलेसम्म आफूहरू धानिएको बताए ।

सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै सङ्गीत क्षेत्रमा गीत रेकर्डिङ तथा म्युजिक भिडियोको छायाङ्कन सुरु हुन थालेको छ । सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी ५४ दिनको घर बसाइपछि काममा फर्किएको बताउँदै निषेधाज्ञा हटेपछि एउटा गीत रेकर्ड गरिसकेको जानकारी दिए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot