Logo

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ



सिन्धुली, २७ असार । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजारमा ड्युटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका १ बस्ने २२ वर्षीय कुजर अली शनिबार राति पक्राउ परेका हुन् ।

काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.१२ च १६८२ नम्बरको गाडी प्रहरी चेक पोइन्टमा ईन्ट्री गर्न आउँदा भेटनरी कागजको भित्र उक्त नगद दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्