Logo

पौडेल समूहबाट मीनेन्द्र रिजाल र सञ्जय गौतम मन्त्री बन्ने



काठमाडौं, २९ असार । नेपाली काँग्रेसबाट मीनेन्द्र रिजाल र सञ्जय गौतम पनि मन्त्री बन्ने भएका छन् । उनीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मन्त्री बन्न लागेका हुन् ।

विश्वस्त स्रोतका अनुसार रिजाल र गौतमलाई पौडेलले सिफारिश गरेका हुन् । उनीहरु दुवै यसअघि पनि मन्त्री भइसकेका छन् ।

प्रधानमन्त्री नियुक्त भएका काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडलाई मन्त्री बनाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्