Logo

जसपाले जागरण अभियान सञ्चालन गर्ने, शनिबार संसदीय दलको नेता छान्ने



साउन १४, काठमाण्डौ । जनता समाजवादी पार्टीले पार्टी सुदृढिकरण तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले संगठन सुदृढिकरण तथा जागरण अभियान २०७८ पारित गरेको हो ।

भाद्र १ गतेदेखि सुरु हुने अभियान मंसिर मसान्तमा सकिने नेता डम्वर खतिवडाले जानकारी दिए । अभियानका क्रममा समायोजन, सुदृढिकरण, जागरण लगाएतका गतिविधी गरिनेछ । त्यस्तै बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई चयन गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीमा आउन सक्ने समस्या छानविनका लागि नेता नवराज सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको छ । महन्थ ठाकुरलगायतलाई कारवाही नगरेको तर उनीहरु आफैनै आधिकारीक पक्षमा नआएको जसपाको ठहर छ । विहिबारको बैठकले सरकारमा जाने बिषयमा भने ठोस निर्णय गरेन । साउन १६ गते शनिबार संसदीय दलको नेताको छान्ने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्