Logo

दार्चुला घट्नामा सरकार मौन बसेको भन्दै राष्ट्रिय युवा संघ नेपाल प्रदर्शनमा उत्रियो (फोटोफिचर)



काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले दार्चुला घट्नामा सरकार गम्भीर नभएको भन्दै प्रदर्शन गरेको छ। उसले महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले लट्ठा काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएको र सरकारले अहिलेसम्म उक्त घट्नामा मुख नखोलेको भन्दै युवा संघले प्रदर्शन गरेको हो ।

युवा संघले आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । उनीहरूले एसएसबीले नेपाली नागरिक धामीको ज्यान लिँदा समेत सरकार मौन बसेको भन्दै विरोध जनाएका छन् । प्रदर्शनमा उत्रिएका युवा संघका कायर्कर्ताले सरकार किन बोल्दैन ? देखेन कि सुनेन ? देखाउन, सुनाउन जनताले आन्दोलनै गर्नु पर्ने हो ? भारतीय विस्तारवाद मुर्दावाद, एसएसबीलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्