Logo

टोकियो ओलम्पिकः पदक तालिकामा चीनको अग्रता, अमेरिका पछि पछि



एजेन्सी, १८ साउन । टोकियो ओलम्पिकको दशौं दिन पदक तालिकामा चीन अगाडि रहेको छ । चीनले २४ स्वर्ण जितेको छ । अमेरिकाले चीनलाई पछ्याउँदै २० स्वर्ण जितेको छ ।
जापानको १७ स्वर्ण छ । अष्ट्रेलिया १४ स्वर्णका साथ चौंथो स्थानमा छ ।

ओलम्पिकको दशौं दिन आज जिमन्स्याष्टिक, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, सुटिङ, भारत्तोलन, कुस्तीलगायत खेलहरुमा स्वर्णको छिनोफानो हुन्छ ।

यसपटकको ओलम्पिकमा एथलेटिक्स, भारत्तोलन, स्विमिङलगायतका खेलहरुमा विश्व किर्तिमान कायम भइसकेका छन् । खेलमा केही नाटकीय घटनाहरु पनि भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot