Logo

‘पार्टी विभाजन वा अर्को पार्टी खोल्ने अहिलेसम्म तयारी भएको छैन्’ : सोमप्रसाद पाण्डे (भिडिओसहित)



काठमाडौं, २२ साउन । नेकपा (एमाले) का नेता सोमप्रसाद पाण्डेले अहिलेसम्म आफूहरुले पार्टी विभाजन गर्ने वा अर्को पार्टी खोल्नेसम्मको तयारी नगरेको स्पष्ट पारेका छन् । माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकलगत्तै पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।

उनले भने,‘तपाईँले प्रश्न त धेरै टाढा पुगेर गर्नुभयो, हुन त हाम्रो पार्टीमा केपी ओली र माधव नेपाल दुई समूह छन् । अहिले दुवै समूह टाढा त टाढा पुगेको छ । त्यही भएर तपाईँले यो प्रश्न राख्नुभएको होला, एकदम एक लाईनमा भन्नुपर्दा यो पार्टी विभाजन वा अर्को पार्टी खोल्ने खालको अहिलेसम्म तयारी भएको छैन् । त्यसकारण नयाँ पार्टी खोल्ने योजना छैन् । हामी एकता गर्नुपर्छ भन्ने पक्षमा छौं । पार्टी सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्ने कुरा हो । बाहिर हेर्दा पार्टी विभाजन हुने खालको स्थिति बनेको छ । तर, नयाँ पार्टी खोल्ने वा दर्ता गर्ने योजना छैन् ।’

संविधान र विद्यमान कानूनअनुसार आफूहरुलाई सरकारमा जान गाह«ो भएको पनि उनको भनाई छ । उनले भने,‘नेकपा एमालेभित्रै सहमति गरेर केही सांसदहरुको प्रतिनिधित्व हुनेखालको, सहमतिको आधारमा राष्ट्रिय सहमतिको सरकार होला ।’ उनले अहिले आफूहरु छलफल र प्रोसेसकै आधारमा रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्