Logo

टिभिएसको एनटर्क १२५ स्कुटर नेपालमा ५० हजार युनिट बिक्री



काठमाडौं, २२ साउन । नेपालमा ५० हजार युनिटभन्दा बढी टिभिएसको एनटर्क १२५ स्कुटर बिक्री भएको छ । कम्पनीले ३ वर्ष भित्रमा उक्त ५० हजार युनिट बिक्रि भएको एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो ।

टिभिएस एनटर्क १२५ पहिलो पटक सन् २०१८ मा भारतमा सार्वजनिक भएको हो। कम्पनीको अनुसार ब्लुटुथ कनेक्ट गर्ने मिल्ने फिचर र स्पोर्टी स्कुटर भएकोले यो स्कुटर युवा पुस्तामाझ निकै लोकप्रिय रहेको छ ।

हाल नेपाली बजारमा टिभिएसको एनटर्क ५ भेरिएन्टमा उपलब्ध छ । यस स्कुटरमा बिएस ६–कम्प्लायन्ट, १२४.८ सिसी सिंगल–सिलिन्डर इन्जिन प्रयोग भएको छ जसले ७ हजार आरपिएममा ९.१ पिएस पावर र ५ हजार ५ सय आरपिएममा १०.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा फ्युल इन्जेक्सन प्रविधि प्रयोग भएको जनाइएको छ ।

त्यस्तै यस स्कुटरमा डिजिटल स्पिडोमिटर, न्याभिगेसन असिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन–ब्याट्री, अन्तिम समय पार्क गरेको ठाउँ, सर्भिस रिमाइन्डर, ट्रिप मिटर लगायतको फिचरहरू रहेको कम्पनीले दाबी गर्दै आएको छ।

 



प्रतिक्रिया दिनुहोस्