Logo

आफ्नो र मलाइकाको आम्दानीको तुलना गर्दा किन रिसाए अर्जुन



एजेन्सी, २४ साउन । बलिउडका चर्चित अभिनेता अर्जुन कपुर आफ्नो र प्रेमिका मलाइका अरोराको आम्दानीको तुलना गर्दा आक्रोसित भएका छन् । एक रिपोर्टमा यी जोडीको आम्दानी तुलना गरिएको थियो । आम्दानी तुलाना गरिएको रिपोर्ट हेरेपछि अर्जुनले २०२१ सालकै सबैभन्दा बढी लज्जास्पद र दुखद भएको उल्लेख गरेका छन् ।

अर्जुनले इन्स्टाग्राममा रिपोर्टको बारेमा केही लेखेका थिए । तर, हाल उक्त पोस्टलाई डिलिट गरिसकेका छन् । अर्जुनले लेखेका छन्, ‘२०२१ मा यस्ता बेवकुफी हेडलाइन पढ्न लज्जास्पद र दुखद हो । बदमास उनको आम्दानी धेरै राम्रो छ, किनकी उनी धेरै वर्षदेखि काम गरिरहेकी छिन् । उनको मसँग त के कसैसँग पनि तुलना गर्न सकिदैन् ।’

एक अन्तर्वाताको क्रममा उनले अर्जुनले मलाइकालाई देखेर धेरै खुशी हुने बताएका छन् । मलाइकाले २० वर्षको उमेरदेखि काम सुरु गरेको भन्दै अर्जुनले हालसम्म अनवरत रुपमा काम गरेको स्पष्ट पारेका छन् । उनले स्वतन्त्र महिलाको पहिचान दिएको समेत उल्लेख गरे । मलाइकाले कसैको नराम्रो नसोच्ने पनि बताउदै उनले आफ्नो खुशीको लागि काम गर्ने समेत जिकिर गरे । अर्जुनले आफ्नी प्रेमिका मलाइकाको प्रशंसा गर्दै एक नजरमै मानिसको भित्रैदखि पहिचान गर्न सक्ने जिकिर गरे ।

अर्जून र मलाइकाले केही वर्षको प्रेम सम्बन्धमा रहेपछि २०१९ मा रिलेसनसिपमा भएको घोषणा गरेका थिए । मलाइका कलाकार तथा निर्माता भएर बलिउडमा काम गरिसकेकी छिन् । उनी हाल टिभि शो पनि संचालन गरिरहेकी छिन् । उनी २० वर्षको उमेरदेखि नै बलिउड प्रवेश गरेकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot