Logo

एउटा सिफ्ट बाहिरिए पछि मात्र अर्को सिफ्टका परीक्षार्थीलाई प्रवेश गराउन निर्देशन



काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकाभित्र संचालन हुने परीक्षामा एउटा सिफ्ट बाहिरिएपछि मात्र अर्को सिफ्टका परीक्षार्थीलाई प्रवेश गराउन काठमाडौं प्रशासनले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मगलबार जारी गरेको सुचनामा भनिएको छ, ‘एउटा सिफ्टका सबै व्यक्तिहरु परीक्षास्थलबाट पुर्णरुपमा बाहिरीएपछि मात्र अर्को सिफ्टसँग सम्बन्धित व्यक्तिहरु प्रवेश गर्न मिल्ने गरी फरक समय राख्ने ।’

प्रशासनले परीक्षा संचालनको क्रममा जनस्वास्थ्यका मापदण्डहरुका अनिवार्य पालना गरी मास्क तथा सेनीटाइजरको उचित प्रयोग गर्नुको साथै प्रत्येक सिफ्टमा परीक्षा हल अनिवार्य रुपमा स्यानिटाइज गर्न समेत निर्देशन दिएको छ ।

परीक्षार्थीहरुले परीक्षा सुरु हुनु भन्दा अगाडी र पछाडी तोकेको मापदण्ड बमोजिमको भौतिक दुरी कायम हुने व्यवस्था गर्न समेत विज्ञप्तिमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot