Logo

एमालेमा मैले सबैभन्दा सम्मान गर्ने नेता भनेको माधव नेपाल नै हो : रघुवीर महासेठ (भिडिओसहित)



काठमाडौं, २८ साउन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाउँछन् भनेर आफूले नपत्याएको टिप्पणी गरेका छन् । उनले नेता नेपालले एमाले छोड्ने निर्णय गरे उनको भविष्य समाप्त हुने बताएका छन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महासेठले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई अध्यक्ष बनाउँछु भनेरमात्रै नहुने पनि दाबी गरे । उनले अध्यक्ष ओलीले नेता नेपाललाई अध्यक्ष बनाउने भनेर प्रस्ताव पनि नगरेको जिकिर गरे ।

उनले यसअघि बनेको एकता कार्यदलले तयार पारेको १० बुँदे प्रतिवेदनलाई नै आधार बनाएर एकता गर्न सकिने सुनाए । उनले एमालेमा आफूले सबैभन्दा बढि सम्मान गर्ने नेता नै वरिष्ठ नेता नेपाल भएको पनि सुनाए । उनले भने-“अहिले पार्टीभित्रको जुन परिस्थिति छ, त्यो कुरा उहाँले बुझ्न सक्नुभएन । पार्टीमा अन्तरविरोध हुन्छ नि ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot