Logo

पिएसजीको टोलीमा परेनन् मेस्सी



एजेन्सी, ३० साउन । हालै बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका चर्चित फर्वाडर लिओनल मेस्सी शनिबार राती हुने पिएसजीको खेल टोलीमा परेनन् । यो निर्णयसँगै मेस्सीलाई पिएसजीको जर्सीमा देख्न चाहेका लाखौं समर्थकहरु निराश भएका छन् ।

शनिबार राती हुने स्ट्रसबर्गविरुद्धको खेलको लागी प्रशिक्षक माउरिसियो पोचेटिनोले घोषणा गरेको २२ सदस्यीय टोलीमा मेस्सी मात्र होइन सर्जियो रामोस समेत परेका छैनन् । योसँगै मेस्सीका फ्यानहरुले पिएसजीको जर्सीमा खेलेको हेर्न केही समय कुर्नु पर्ने भएको छ । स्टार खेलाडीहरु टोलीमा नअटाउँदा पनी पिएसजीको टोली बलीयो रहेको बताइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot