Logo

एमालेमा पसेर प्रचण्डले खेल्ने कुरामा केपी ओलीको पूर्वअनुमानको कमी देखियो : अधिकारी (भिडिओसहित)



काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले १० बुँदे सहमति कार्यान्वयन गर्नको लागि अध्यक्ष केपी शर्मा ओली तयार भएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूपनि १० बुँदे कार्यान्वयन हुनुपर्ने भन्ने पक्षमा रहेको सुनाए ।

उनले भने,‘अध्यक्ष केपी ओलीकै सहमतिमा दश बुँदे सहमति गरेको हो । त्यसैले कार्यान्वयन गर्नुपर्छ ।’ उनले माधव नेपालको नयाँ पार्टीमा नगएका नेताहरुले अघि सारेको धारणामा आफ्नो पनि सहमति रहेको सुनाए । उनले केपी ओलीको कारण एमाले कमजोर भएको भन्ने कुरामा कुनै सत्यता नभएको पनि जिकिर गरे । उनले भने,‘केपी शर्मा ओलीको कारणले एमाले कमजोर भएको होईन, एमालेलाई घाटा भएको बास्तवमा पार्टी एकता गरेर नेकपा बनाईयो, त्यसमा गलत नियतका साथ प्रचण्डको प्रवेश भयो, उहाँ एमालेभित्र खेल्न खोज्नुभयो, यो कुरा माधव नेपालले त पटक्कै बुझ्नुभएन । केपीले पनि पूर्व अनुमान गर्न यसमा कमी रहेको देखियो । प्रचण्डलाई सुधार गर्नुपर्ने ठाउँमा उल्टै प्रचण्डले भाँडभैलो गर्नुभयो । र, यसमा कम्युनिष्ट आन्दोलन पनि समाप्त गर्दै प्रतिक्रियावादीलाई प्रधानमन्त्री बनाउने काममा माधव नेपाल सिखण्डी बन्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्