Logo

‘इटालियन सिरी ए’ फुटबलमा युभेन्ट्स बराबरीमा रोकियो



काठमाडौं, ७ भदौ । इटालियन सिरी ए फुटबलको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स युडिनेजीसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

२३ औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २–० को अग्रता दिलाए । तर, खेलको ५१ औं मिनेटमा रोबर्टो पेरिय्राले गोल गर्दै युडिनेजीलाई २–१ को स्थितिमा ल्याएका थिए । त्यस्तै खेलको ८३ औं मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दा खेल २–२ को बराबरीमा रोकिएको हो ।

खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि लफसाइड हुँदा गोलको मान्यता युभेन्ट्सले गोलको मान्यता पाउन सकेन । योसँगै युभेन्ट्स र युडिनेजीले पहिलो खेलमा एक–एक अंक जोडेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot