Logo

गौरिकालाई कोरोना संक्रमण



काठमाडौं, भदौ ९ । नेपालकी पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ। सागकी स्वर्णधारी खेलाडीसमेत रहेकी सिंहले सामाजिक सञ्जालबाट आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएकी छन्। कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएकी उनमा संक्रमण पुष्टि भएको हो ।

गौरिकाले गत महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा नेपालबाट प्रतिस्पर्धा गरेकी थिइन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot