Logo

शिक्षा र स्वास्थ्यमा व्यापार धेरै हुनुहुँदैन्, यसलाई राज्यको दायित्वभित्र पार्नुपर्छ : मन्त्री श्रेष्ष्ठ (भिडिओसहित)



काठमाडौं, १२ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यमा काम गर्नेहरुको भावना र सोच नै सेवामूलक हुनुपर्ने बताएका छन् । उनले यसमा लागेकाहरुले कमाउँछु भन्दापनि सेवा गर्छु भन्ने भावना बोक्नुपर्ने सुझाव दिए । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षा र स्वास्थ्यमा धेरै व्यापार गर्न नहुने पनि धारणा राखे । आफूले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आएसँगै धेरै कुरा बुझेको र योजनापनि अघि सारेको उनको भनाई छ । उनले चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्न आफू तयार रहेको स्मरण गराए । उनले आफू अहिले राज्यको सेवामा गएकोले राज्यको काम गर्नेमात्रै ध्यान रहेको स्पष्ट पारे ।

उनले आफूले यो अवधिमा पब्लिक सेक्टरलाई स्तरोन्नती गर्ने योजना पनि बनाएको सुनाए । आफू देशभरिका सरकारी अस्पताललाई कसरी सवल र राम्रो बनाउन सकिन्छ भनेर गम्भीर भएर लागिपरेको पनि उनको भनाई थियो । उनले आफू मन्त्री भएकोमा भएको विरोध र आलोचनाप्रति आफूले खासै चासो नदिएको भन्दै अब काम गरेर देखाउने र जनताको मन जित्ने पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot