Logo

अपि पावरको १८औं साधारण सभा सम्पन्न



काठमाडौं, २७ भदौ । अपि पावर कम्पनी लिमिटेडको १८औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीले भदौ २५ गते भर्चुअल माध्यमबाट लाभांश तथा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्दै सभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ ० दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ ।

उक्त बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । हकप्रद निष्कासनका लागि आवश्यक प्रकृया पुरा गर्न कम्पनीले सभा मार्फत सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot