Logo

डब्ल्यूएचओको चेतावनीः वायु प्रदूषण सोचिएभन्दा खतरनाक भयो



काठमाडौं, ७ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी दिएको छ । वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै मृत्यु भइरहेको डब्ल्यूएचओले उल्लेख गरेको छ ।

नोभेम्बरमा हुन लागेको कोप–२६ सम्मेलनअघि डब्ल्यूएचओले आफ्ना १९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न समेत आग्रह गरेको छ । बुधवार नयाँ निर्देशिका जारी गर्दै डब्ल्यूएचओले पीएम २.५ भनिने सूक्षम कणको अधिकतम मात्रालाई घटाउँदै त्योभन्दा बढी भए त्यो हानिकारक हुने जनाएको छ ।

उक्त निर्देशिकामा ओजोन, नाइट्रोजन डाईअक्साइड, सल्फर डाईअक्साइ र कार्बन मनक्साइडलाई पनि हानिकारक प्रदूषकका रूपमा राखिएको छ । वायु प्रदूषणको मात्रा घटाउन सके झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिने जनाइएको छ ।

वायु प्रदूषणका कारण मुटु रोगका साथै दम पनि हुन सक्छ । डब्ल्यूएचओले वायु प्रदूषणलाई धूम्रपान गरे बराबर भनेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot