Logo

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं, १३ असोज । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक युवक पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कपन बालुवाखानी बस्ने खोटाङ गाउँपालिका(३ घर भएका २६ वर्षीय खगेन्द्र खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ पुस २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र नगद १० लाख ६५ हजार ९ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बालुवाखानीबाट पक्राउ गरेको जनाएको छ ।

खत्रीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot