Logo

आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्छौं : मन्त्री श्रेष्ठ



काठमाडौं, १३ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले दैनिक तीन लाख जनतार्ला खोप लगाउने काम गरिरहेको पनि स्पष्ट पारेका छन् । उनले दशैंअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने पनि विश्वास दिलाए ।

आज विश्व मुटु दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी सरकारमा आएपछि खासगरी यो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेका छौं । अहिले हामीले बालबालिकाको लागि एक करोड खोप सुनिश्चित् गरेका छौं ।’

Photo Source/Twitter-Umesh Shrestha

 



प्रतिक्रिया दिनुहोस्

Screenshot