Logo

बहुविवाह गरेर फरार महिला पक्राउ



बाँके, १५ असोज । बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । बहुविवाह मुद्दाकी फरार प्रतिवादी खजुरा गाउँपालिका–५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot