Logo

प्रहरीलाई अभद्र व्यवहार गर्ने पक्राउ



ललितपुर, १७ असोज । प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय रोमन श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोबाट ड्युटीमा खटिएको प्रहरीलाई अश्लिल शब्द प्रयोग गरी भिडियो बनाई टिकटकमा राखेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot