Logo

सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ



काठमाडौं, १७ असोज । सुन जस्तो देखिने पहेँलो धातु सहित ४८ वर्षीय पुरुष पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ कलंकी ढुङ्गेअड्डा पुलबाट ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बाला सहित नवलपरासी पूर्व कावासोती नगरपालिका–८ बस्ने पाल्पा चिडापानी–३ घर भएका ४८ वर्षीय बिनोद गिरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त धातुको सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot