Logo

स्पेनिस ला लिगामा रियल मड्रिडको हार



काठमाडौं, १८ असोज । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २–१ गोल अन्तरले पराजित भएको हो । स्पानियोलको मैदानमा करिम बेन्जिमाले एक गोल फर्काएपनि रियल पराजित भएको हो ।

खेलको १७औं मिनेटमा राउल थोमसले गोल गर्दै स्पानियोललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६०औं मिनेटमा एलेक्स भिदालले गोल गर्दै स्पानियोललाई २–० को अवस्थामा पुगेको थिए । साथै, खेलको ७१औं मिनेटमा करिम बेन्जिमाले एक गोल फर्काए तर रियल हार टार्न सकेन ।

हारपछि पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने स्पानियोल ९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्