Logo

‘नागा चैतन्य र समांथाको सम्बन्ध विच्छेदमा आमिर खान जिम्मेवार’–कंगना रनावत



एजेन्सी, १८ असोज । साउथ इन्डस्ट्रीको चर्चित जोडी समांथा अक्किनैनी र नागा चैतन्यले शनिबार सम्बन्ध विच्छेद गर्ने आधिकारीक रुपमा घोषणा गरेका छन् । उनीहरुको छुट्टिने फैसलाबाट फ्यानहरु निकै आक्रोसित भैरहेको बेला बलिउड अभिनेत्री कंगना रनावतले भने सम्बन्ध विच्छेद हुनुमा अभिनेता आमिर खान दोषी रहेको आरोप लगाएकी छिन् ।

समांथाले सम्बन्ध विच्छेद बारे जानकारी दिँदै सुचना जारी गरेपछि कंगनाले तुरुन्तै आमिर खान जिम्मेवार रहेको भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी हुन् । कंगनाले आमिर खानलाई धेरै महिला र बच्चाको जिन्दगी बिगार्नेको रुपमा ‘डिवोर्स एक्सपोर्ट’को संज्ञा दिँदै लेखेकी छिन्,‘साउथ कलाकारहरुको विवाहको ४ वर्षपछि अचानक सम्बन्ध विच्छेद भएको छ, सामंथ पछिल्लो समय बलिउडको सुपरस्टारको सम्पर्कमा थिए ।’

कंगनाले सम्बन्ध विच्छेद हुनुमा पुरुष नै जिम्मेदार हुने पनि बताएकी छिन् । उनले महिला सयमा एक गलत होलान् भन्दै पुरष नै बढी दोषी भएको जिकिर गरेकी छिन् ।

अब नागा चैतन्य आमिर खानसँग फिल्म लाल चड्डामा देखिदै छन् । केही दिन अगाडी आमिरले एक लव स्टोरी फिल्म प्रमोटको लागि पनि नागालाई सँगै लगेका थिए । आमिरले कलाकारलाई दिएको भोजमा साउथ कलाकार नागा पनि सहभागी थिए।

 



प्रतिक्रिया दिनुहोस्