Logo

देउवा, पौडेल र सिटौला तीनै जना नेताले अब विदा लिनुपर्छ, त्यो नै पार्टीको हितमा हुन्छ : गगन थापा (भिडिओसहित)



काठमाडौं, २१ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आफूले देशभरिका पार्टी नेता तथा कार्यकर्ताको आर्शिवाद लिएर आगामी १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएको स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफ्नो ध्यान कांग्रेस थला नपरोस भन्ने नै भएको सुनाए । उनले भने,‘मेरो त अझैपनि प्रयास के रहन्छ भने पार्टीका सभापतिलगायत शीर्ष नेताहरुले अब हामी अभिभावक भएर बस्छौं, अब नयाँ पुस्ता आनुहोस भनेर भन्दिनुभयो भने त्यसले पार्टीभित्र नयाँ सिन्यार्यु आउँछ ।’ उनले आफूले क्याम्प परिवर्तन नगरेको पनि जिकिर गरे ।

उनले पार्टीको सभापति बन्नको लागि ६० वर्ष कट्नै पर्ने भन्ने नभएको पनि सुनाए । उनले आफू सभापति हुनसक्छु कि भनेर देशभरि नै डुलेको तर यसअघि महामन्त्री बन्न सफल नभएकोले फेरि यसपटक महामन्त्रीमा उम्मेद्धवारी दिने भएको सुनाए । उनले १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपनि आफूले राजनीति नछोड्ने स्पष्ट पारे ।

उनले यसपटक आफूले कसैलाई हराउन नभएर जित्नुमात्रै रहेको सुनाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झनलायक काम गर्नुपर्ने पनि सुझाव दिए । सभापतिमा वर्तमान सभापति देउवाले उम्मेद्धवारी दिए आफूहरु सबै मिलेर महाधिवेशनमार्फत देउवालाई विस्थापित गर्नुपर्ने पनि थापाको भनाई छ । उनले आफ्नो सभापति नेतृत्वको सरकारले यो काम गर्यो भनेर छाती ठोकेर भन्न पाईयोस भन्ने चाहनापनि राखे । उनले अब सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला तीनै जना नेताले अब विदा लिनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्