Logo

भारत भ्रमण उपलब्धिमूलक रह्यो : डा. महत (भिडिओसहित)



काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूहरुको भारत भ्रमण उपलब्धिमूलक रहेको सुनाएका छन् । नेपालप्रति भारतीय जनता पार्टीको सकारात्मक प्रतिक्रिया पाएको पनि उनले सुनाएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी पनि नेपाल र भारत दुई देशबीच सुमधुर सम्बन्ध बनाउन चाहेको सुनाए । उनले भारत भ्रमणको क्रममा आफूले तुईन प्रकरणको विषय पनि उठाएको स्मरण गराए ।

उनले भारतको तल्लो तहबाट गल्ती भएको हुनसक्छ भनेर यसबारे सहज रुपमा भारतको तर्फबाट छानबिन होस भनेर आफूले विदेशमन्त्री जयशंकरसँग कुरा उठाएको स्मरण गराए । उनले जयसिंह धामी प्रकरणमा भारतको स्टेटमेन्ट आउनुपर्ने कुरा उठाएको सुनाए । भेटवार्ताको क्रममा सीमा विवादको कुरा पनि उठाएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्