Logo

गजेन्द्र हमाललाई मन्त्री बन्नबाट प्रधानन्यायधीश जबराले रोक्न खोजेको खुलासा



काठमाडौं, ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा जेठान नाता पर्ने गजेन्द्र हमाल मन्त्री बनेपछि विवादमा परे । हमालकी बहिनीसँग जबराले विवाह गरेका थिए । उनको २०४१ सालमा निधन भएपछि जबराले दोस्रो विवाह गरेका थिए ।

जेठी पत्नीको निधनपछि जबराको हमला परिवारसँग दूरी बढ्दै गयो । एकप्रकारको नातासम्बन्ध पनि रहेन । बाँके बर्दियाका जमिन्दारका सन्तान गजेन्द्र हमाल नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए । उनी एकाएक मन्त्री बनाइएपछि जबरा विवादमा तानिए । उनकै चाहना अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई मन्त्री बनाएको चर्चा चल्यो ।

आज बारका प्रतिनिधिसँगको भेटमा जबराले गजेन्द्र हमालसँग जोडेर विवादमा पारेकोमा दुःख पोखे । हमाललाई मन्त्री बनाउन लागेपछि आफू विवादमा परेपछि उल्टै नबनाउन आग्रह गरेको खुलाए । तर, देउवाले हमाललाई मन्त्री बनाइछाडे । पछि हमाल आफैले राजीनामा दिए । हमालले पनि जबराले आफूलाई मन्त्री बनाउन नभनेको र कुराकानी नभएको महिनौं भइसकेको बताएका छन् ।

प्रधानन्यायाधीश जबराले निकटस्थसँग हमालको विषय नियोजित रुपमा आफूलाई विवादमा पार्न उचालिएको बताउने गरेका छन् । हमालकी बहिनीसँग जबराले विवाह गरेका थिए । मृत्यु भएको ३७ वर्ष पुगिसकेको र हमाल परिवारसँगको सम्बन्ध टाढाको भइसकेको अवस्थामा विवादमा पारेको भन्दै गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्