Logo

‘बिरालोले मुसा खोजेजस्तै न्यायाधीशहरुलाई च्याम्बरमा गएर थुतेर ल्याउनुपर्ने अवस्था आयो भने दुर्भाग्यपूर्ण हुन्छ’ : कोषाध्यक्ष पोखरेल (भिडिओसहित)



काठमाडौं, ११ कार्तिक । नेपाल बार एशोसिएसशनका कोषाध्यक्ष रुद्र पोखरेलले न्यायाधीशहरुले इजलास बहिष्कार गर्न नहुने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भनेका छन्–‘न्यायाधीशहरु अदालतमा जानुभएन भने न्यायका उपभोक्ता, न्यायकर्मी, कानुन व्यवसायीहरुले कुनकुन च्याम्बरमा न्यायाधीश बसेका छन् भनेर हिजो तपाईं खोज्दै लाइभ भन्दै गएजस्तै, विरालोले मुसा खोजेजस्तै च्याम्बरमा गएर थुत्दै ल्याएर तिमी बेन्च नम्बर २ आएर बस, तिमी ११ मा तिमी १२ मा बस अनि यो मुद्दा हेर भन्ने स्थिति आयो भने त्यो सबै भन्दा दुर्भाग्यपुर्ण हुन्छ । त्यस्तो स्थिती आउँछ भन्ने मलाई लाग्दैन ।’

उनले न्यायाधीशहरुले पनि अहिलेको अवस्थामा सबै कुरा बुझेको होला भन्ने टिप्पणी गरे । उनले भने,‘श्रीमानहरुले पनि कुरा बुझिसक्नुहोला, अब प्रधानन्यायाधीशहरु मान्दैन भनेर बस्नुभएको आज टुप्लुक्क प्रधानन्यायाधीशलाई अध्यक्ष मानेर फुलकोर्टमा बसिसक्नुभयो । उहाँहरुको रिस बार एसोसिएसनसँग हो । बारले उहाँहरुको तक्माको कुरा गर्यो । प्रधानन्यायाधीशको मात्र कुरा गर्दा उहाँहरु खुसी हुनुहुन्थ्यो । बारले पदक त बेन्चमा बस्ने सबैले पाउनुभएको छ, के हो कुरा ? भनेर सोध्यो । अनि खासमा हमाल त प्रधानन्यायाधीश नाताका मात्रै । खासमा त तपाईहरु परमादेश जारी गर्ने ५ जनाको कोटामा हो नि ? के हो भनेर हामीले सोध्ने भयौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot