Logo

‘सबै विवरण गोप्य राख्छौं, ढुक्क भएर जनगणनामा सहभागी हुनुहोस’ : महानिर्देशक श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, २६ कात्तिक । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणनामा सम्पूर्ण जनताको विवरण गोप्य राखिने भन्दै जनतालाई ढुक्क भएर जनगणनामा सहभागी हुन् आग्रह गरेका छन् । हिजो राति (बिहीबार) प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै महानिर्देशक श्रेष्ठले घरमा आएका गणकले सोधेका प्रश्नको जवाफ ढुुक्क भएर दिन आग्रह गरेका हुन् ।

‘घर भएका जनताको मात्र होइन्, घर नभएका जनताको समेत गणना गरिन्छ, त्यसको लागी गणकहरु पर्याप्त मात्रामा छन्’–उनले भने । साथै, महानिर्देशक श्रेष्ठले १५ दिनमा जनगणना सम्पन्न गर्नको लागि तालिमप्राप्त ४० हजार गणक गाउँगाउँमा पुगेको बताए ।  यस्तै, श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा गणकलाई सहज आवतजावत गर्न दिइएमा त्यहाँ पनि जनगणना गरिने बताएका छन् । ‘यदि त्यसो भएन भने स्याट्यालाइटको माध्यमबाट भएपनि गणना गरिन्छ’–उनले भने ।

हिजो (बिहिबार)बाट सुरु भएको राष्ट्रिय जनगणना २०७८ राष्ट्रपति विद्यादेवि भण्डारीको व्यक्तिगत विवरण लिँदै गणनाको शुभारम्भ गरिएको थियो । यस्तै, हिजोनै प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतका उच्चपदस्थ व्यक्तिहरुको पनि विवरण संकलन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot