Logo

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल



काठमाडौं, ४ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन् । हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । संकटाको कप्तानी रबि सिलवालले गर्ने छन् ।

साथै, उपाधि दाबेदार थ्री स्टार र च्यासल पहिलो खेलमा जित निकाल्दै सिजनको सुरुआत सुखद बनाउन चाहन्छ । त्यसैले दुई छिमेकी प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ । यस्तै च्यासलको कप्तानी अनुभवी खेलाडी बिराज महर्जनले गर्ने छन् ।

पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल ४ः४५ बजे सुरु हुनेछ । तस्विरः एन्फा



प्रतिक्रिया दिनुहोस्

Screenshot