Logo

आज २३८ जनामा संक्रमण पुष्टि, ३७० निको



काठमाडौं, ५ मंसिर। आज नेपालमा कोरोना भाइरसका २ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय ३२ जना र एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्