Logo

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार, आज १ जनाको मृत्यु, ४० हजारले लगाए खोप



काठमाडौं, ५ मंसिर । नेपालमा आज ९ हजार १ सय २३ जनाको नमुना परीक्षण गरिएकोमा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा आज संक्रमणबाट एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल मृत्तकको संख्या ११ हजार ४ सय ९६ जना पुगेको छ । मृत्युदर १ दशमलव ४ प्रतिशत हो ।

त्यस्तै, आज एकैदिनमा ४० हजार १४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्