Logo

काठमाडौंमा आज १३० संक्रमित थपिए



काठमाडौँ, ५ मंसिर। पछिल्लो २४ घन्टामा देशभर २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ३० जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ९८, ललितपुरमा २४ र भक्तपुरमा ८ संक्रमित थपिएका हुन् । त्यस्तै, आज ३ सय ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय ३२ जना र एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्