Logo

१० हजार परीक्षणमा आज ३ सय संक्रमित थपिए



काठमाडौं, ७ मंसिर। आज नेपालमा कोरोना भाइरसका ३ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ६ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ सय ९० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय १३ र एन्टिजेन विधिबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्