Logo

मंगलबार ९ संक्रमितको मृत्यु



काठमाडौं, ७ मंसिर । कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ६ सय ९९ पुगेको छ ।

त्यस्तै, आज २ सय ७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ सय ९० जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्