काठमाडौं, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बारका पदाधिकारीबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा बारको आन्दोलन र मागबारे छलफल हुने बताईएको छ ।
भेटमा बारका पदाधिकारीसहित बरिष्ठ अधिवक्ताहरुको सहभागिता रहेको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ ।
हिजोबाट त बारले सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म मार्चपास सुरु गरेको छ । यसअघि बारका पदाधिकारीले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलमा पुगेर ज्ञापनपत्र बुझाईसकेका छन् । तस्वीर : रोशन सापकोटा/रासस