Logo

तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त



एजेन्सी, १६ मङ्सिर। तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त भएको छ। अफगानिस्तान–इरान सीमामा दुवै पक्षबीच बुधबार ‘भुलबस’ भिडन्त भएको अलजजिरामा खबर छ। भिडन्तमा मानवीय क्षति भने नभएको समाचारमा जनाइएको छ।

बुधबार बाहिर आएका विभिन्न भिडियोहरूमा तालिवानी लडाकु गस्तीमा रहेको देखिएको छ। समाचारअनुसार तालिवानी लडाकुले पहिले गोली प्रहार गरेका थिए। त्यसको जवाफमा इरानी सेनालेसमेत फाइरिङ गरेको हो। इरानी सञ्चारमाध्यम तास्निमले सागलक गाउँमा भिडन्त भएको बताएको छ। तास्निमका अनुसार अफगानिस्तानसँगको सिमानामा चोरी पैठारी नियन्त्रणका लागि पर्खाल लगाइएको छ।

सो पर्खाल हुँदै केही इरानी कृषकहरू सिमा नाका पार गरिरहेका बेला तालिवान लडाकुले गोली प्रहार गरेका थिए। लडाकुले सिमा नियम उल्लङ्घन भएको सोचेर फाइरिङ गरेको समाचारमा उल्लेख छ। यद्यपि ती इरानी किसान इरान क्षेत्रमै रहेको बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot