Logo

बारका अगुवा र हड्ताली न्यायाधीशहरुका कारण अवरुद्ध सर्वोच्च अदालत आजबाट लयमा फर्कियो, शम्भु थापा पनि बहसमा सहभागी



काठमाडौं, १७ मंसिर । नेपाल बार र हड्ताली न्यायाधीशहरुको कारण अवरुद्ध रहँदै आएको सर्वोच्च अदालत आजबाट लयमा फर्किएको छ । आजबाट कानून व्यवसायीहरु बहस/पैरवीमा फर्किएका छन् । दिनप्रतिदिन नयाँ माग राखेर आन्दोलनरत नेपाल बार पछिल्लो समय जनताको नजरमा गिरेपछि तीन कदम पछि हटेर आजबाट अधिवक्ताहरु नियमित बहस तथा पैरवीमा फर्किएका हुन् ।

उता, हड्ताली न्यायाधीशहरु पनि अब नाटकमञ्चन गर्न नसक्ने अवस्था आएपछि आजबाट इजलाशमा फर्किएका छन् । हजारौं जनता न्याय पाउने अधिकारबाट बञ्चित भएको भनेर जनस्तरबाट बारको र न्यायाधीशहरुको आलोचना भएपछि अहिले बार र न्यायाधीशहरु पछि हट्न बाध्य भएका छन् ।

बारका पूर्व अध्यक्षहरु शम्भु थापा, रमनकुमार श्रेष्ठ, प्रेमबहादुर खड्का लगायतले उचालेर अनुचित माग राखेर गरिएको आन्दोलन अन्ततः असफल भएको छ । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि राजीनामा मागेर दबाब बढाएका थिए । तर, प्रधानन्यायाधीश जबराले भने आफू संवैधानिक प्रक्रियाबाट आएकोले हटाउने भए संवैधानिक बाटो अख्तियारी गर्न सार्वजनिक चूनौति दिएका थिए ।

उनी टसमस भएनन् । उनले कुनैपनि शक्तिसँग आफू नझुक्ने र आफ्नो शक्ति भनेको संविधानले दिएको अधिकार भएको भन्दै अडानमा बसेका थिए । कतिसम्म भने गोलाप्रथा लागु हुँदासमेत अत्तो थापेर बहानाबाजी गर्ने हड्ताली न्यायाधीशहरुको पोल मिडियामार्फत खुल्न थालेपछि उनीहरु दबाबमा आएका थिए । आजबाट हड्ताली न्यायाधीशहरुका नाईके न्यायाधीश दीपककुमार कार्की पनि बहसमा फर्किएका छन् । उता, शम्भु थापाले पनि आजबाट बहस सुरु गरेको पाईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot