Logo

कांग्रेस १४औं महाधिवेशन : महोत्तरी क्षेत्र नं. ३ मा वितरण गरिएका प्रमाणपत्रलाई केन्द्रले गर्‍यो रद्द(पत्रसहित)



काठमाडौँ, १९ मङ्सिर। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रीय कार्यसमितिलाई वितरण गरेको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन समितिले अवैधानिक रुपमा प्रमाणपत्र वितरण गरिएको ठहर गर्दै उक्त क्षेत्रको क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई दिइएको प्रमाणपत्रहरु रद्द गर्ने निर्णय गरेको हो।

मंसिर १५ गते महोत्तरी क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन उद्घाटन भएको थियो। तर, बन्दसत्र समेत सुरु भइसकेको अवस्थामा सहमतिको प्रयास गर्न खोज्दा हो–हल्ला हुँदा बन्दसत्र स्थगित भएको समितिले जनाएको छ। मंसिर १७ गते बेलुकी जनकपुरधाम उपनगरपालिका वडा नं. ८ स्थित आफ्नो घरमा बसिरहेको अवस्थामा मतदान अधिकृतलाई केही अपरिचित व्यक्तिले अपहरण शैलीमा घरबाट अन्यत्र लगेको र उनीसँग भएको प्रमाणपत्र लगायतका कागजातहरु कब्जामा लिएको समितिले जनाएको छ। यसरी कब्जामा लिइएको प्रमाणपत्र आफुखुसी वितरण गरिएको समितिले पत्रमा उल्लेख गरेको छ ।

 

‘कांग्रेसको १४औँ महाधिवेशन : महोत्तरी क्षेत्र नं. ३ मा धाँधली’



प्रतिक्रिया दिनुहोस्

Screenshot