Logo

नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भेटिएको पुष्टि



काठमाडौँ, २० मङ्सिर : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । त्यसका बारे जानकारी दिन मन्त्रालयलले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ । दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot