Logo

भारतका सैनिक प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना



एजेन्सी, २२ मंसिर । भारतका सैनिक प्रमुख जनरल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनाग्रस्त भएको हो ।

हेलिकोप्टरमा जनरल रावत, उनकी पत्नी र सात अन्य यात्रु थिए । आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको छ ।

दुर्घटनामा तीन व्यक्तिलाई अस्पताल लगिएको छ । उनीहरुबारे खुलाइएको छैन । बाँकी ६ को स्थितिबारे केही बताइएको छैन ।



प्रतिक्रिया दिनुहोस्