Logo

के अस्प्रिनासँग विवाह गर्दैछन् सलिनमान ?



काठमाडौं, १ पुस । पछिल्लो समयमा बलिउडका मात्र नभएर कलिउडका कलाकारहरु समेत विवाह बन्धनमा बाधिने क्रम जारी छ । भर्खरै मात्र अभिनेत्री रेश्मा घिमिरे र गायिका प्रनिशा अधिकारी पनि विवाह बन्धनमा बाधिएका छन् । यसैक्रममा नेपाली चलचित्रका चर्चित नायक सलिनमान बनियाँ पनि विवाह गर्ने तयारीमा जुटेको खबर बाहिर आएको छ ।

सलिनमान बनियाँ ८ वर्षयता अस्प्रिना श्रेष्ठको प्रेम सम्बन्धमा थिए । सलिन र अस्प्रिनाको परिवारिक भेटघाटले विवाहको तयारी भव्य रुपमा भइरहेको त्यसै पनि बुझ्न सकिन्छ । पारिवारिक भेटको तस्बिर अस्प्रिनाले इन्स्टाग्राममा शेयर गरेकी छिन् । सलिनमानले कार समेत अस्प्रिनालाई उपहार दिएको चर्चा चलिरहेको बेला दुवैको परिवार बिवाह ढिलो नगर्ने पक्षमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सलिनको प्रेमिका अस्प्रिना पेशाले इन्टरनेशनल मेकअप आर्टिस्ट हुन् । सलिनमान फिल्म ‘ए मेरा हजुर–२’ बाट फिल्मबाट नेपाली चलचित्रमा डेब्यु गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot