Logo

देउवा र प्रचण्डबीच भेटवार्ता



काठमाडौं, २ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट दोस्रोपटक सभापतिमा निर्वाचित भएका देउवालाई प्रचण्डले भेटेरै सफल कार्यकालको शुभकामना दिएको बुझिएको छ ।

देउवा निर्वाचित भएलगत्तै टेलिफोनबाटै बधाई तथा शुभकामना दिएका प्रचण्डले शुक्रबार फेरी भेटेरै शुभकामना दिएका हुन् । सत्तारुढ दलका शिर्ष दुई नेताको भेटमा आज राजदुतहरुको नियुक्तिको विषयमा पनि छलफल भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot