Logo

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टा भाइरस भन्दा छिटो फैलिरहेको छ : डब्लूएचओ



एजेन्सी, ६ पुस। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टा भाइरस भन्दा तिब्र गतिमा फैलिरहेको बताएको छ । हिजो (सोमबार) जेनेभामा पत्रकार सम्मेलन गर्दै डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोरोना विरुद्दको खोप लगाइसकेका वा कोरोना लागेर निको भइसकेकाहरुमा समेत ओमिक्रोन संक्रममण फैलन सक्ने बताएका छन् ।

क्रिसमसलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानम गाव्रियससले बिदाका कार्यक्रम रद्द गरेर आफ्नो ज्यान बचाउन आग्रह गरेका छन् ।दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस अहिले विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ । बेलायत, अमेरिका, चीन,जापान, इरान ,भारत लगायतका मुलुकमा ओमिक्रोन संक्रमणले जनजीबन प्रभावित पारेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot