Logo

कृषि विकास बैंकको अध्यक्षमा केसी



काठमाडौं, ६ पुस । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार केसी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष केसीले सरकारको विभिन्न निकायमा रहेर महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरेका छन् ।

केसी हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार केसीलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot