Logo

वैदेशिक पढाइको अनुगमन ठप्प



काठमाडौं, पुस ८ । विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूको अनुगमन छ वर्षदेखि रोकिएको छ । एक पटक अनुगमन गरेर पाँच वर्षका लागि सञ्चालन अनुमति दिएपछि मन्त्रालयले ती संस्थाहरूको प्रभावकारी अनुगमन गर्नसकेको छैन ।

नियमअनुसार सञ्चालन अनुमति नसकिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुगमन गरेर आगामी वर्षका लागि पढाइ सञ्चालन अनुमति दिने कि नदिने भन्ने निर्णय गर्नुपर्ने थियो तर यस्ता ८५ वटा शिक्षण संस्थाको पाँच वर्षे सञ्चालन अनुमति गत माघमै सकिएको भए पनि नवीकरणका लागि प्रक्रिया अघि बढेको छैन ।

समयमै अनुगमन नहुँदा यी संस्थाहरूको शैक्षिक, भौतिक, प्रशासनिक, आर्थिकलगायतको अवस्था कस्तो छ भन्ने जानकारी मन्त्रालयले राख्न सकेको छैन । मन्त्रालयबाट अनुगमन नभएपछि यी शिक्षण संस्थाले नवीकरण नगरी पढाइ सञ्चालन गरिरहेका छन् । सञ्चालन अवधि सकिएपछि उनीहरूले नवीकरणका लागि गत वर्ष नै मन्त्रालयमा निवेदन दिएका थिए तर मन्त्रालयले अहिलेसम्म अनुगमन नगरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot