Logo

ब्रम्हाण्डको पहिलो तारा खोज्न संसारकै ठूलो ‘दी जेम्स् वेब स्पेस टेलिस्कोप’ अन्तरिक्षमा (भिडियोसहित)



एजेन्सी, ११ पुस। अमेरिकी स्पेस कम्पनी नासाले बनाएको संसारकै ठूलो र शक्तिशाली ‘दी जेम्स् वेब स्पेस टेलिस्कोप’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ । ब्रहाण्डको पहिलो तारा खोज्ने उदेश्यले नासाले बनाएको उक्त टेलिस्कोप हिजो (शनिबार) रकेटमार्फत प्रक्षेपण गरिएको हो ।

दक्षिण अमेरिकाको उत्तरीपूर्वी कोस्टको फ्रेन्च गुयानाबाट युरोपियन एरिएन रकेटमार्फत नासाको जेम्स वेब स्पेस टेलिस्कोप अन्तरिक्षमा पठाइएको हो । उक्त टेलिस्कोपलाई पृथ्वीभन्दा पर १६ लाख किलोमिटरसम्मको दुरीमा पठाइने त्यहाँका अधिकारीले बताएका छन् ।

सो दुरीमा पुग्न टेलिस्कोपलाई करिब १ महिना समय लाग्ने बताइएको छ। करिब ६ महिनासम्म टेलिस्कोपले ब्रम्हान्डमा रहेको पहिलो तारा, आकाशगंगाको प्रकाश र त्यहाँ रहेको सम्भावित जिवनबारे हालसम्म पत्ता नलागेका रहस्य अवलोकन र खोजीमा मद्दत पुग्ने त्यहाँका अधिकारीले बताएका छन् ।

टेलिस्कोपले ब्रम्हान्ड र आकाशगंगाका तस्विरहरु सन् २०२२ गर्मीयामदेखि पृृथ्वीमा पठाउन सुरु गर्ने अपेक्षा गरिएको नासाका अधिकारीहरुले बताएका छन् । करिब १० अर्ब अमेरिकी डलर लागत लागेको सो टेलिस्कोप निर्माण परियोजनामा वैज्ञानिक र इन्जिनियरले करिब ३० वर्षभन्दा बढि समय लगाएको नासाले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot