Logo

आगामी तीन दिनको मौसम कस्तो रहन्छ हेरौ



काठमाडौं, १८ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पौष १८ गते (आईतबार) देशभर आंशिक बदली रहने मौसम विभागले जनाएको छ । त्यस्तै, आइतबार राति प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी, पौष १९ गते (सोमबार) देशभर आंशिक बदली रहनेछ भने सोमबार राति देशभर आंशिक बदलीको रहने छ ।
त्यस्तै, पौष २० गते (मंगलबार) देशभर आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ ।

विभागको अनुसार मंगलबार राति सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकि भू–भागहरुमा आँशिक बदली रहने छ। आगामी २४ घण्टाका लागि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

साथै बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot