Logo

इरानले तालिवानलाई भन्यो- समावेशी सरकार नबनेसम्म मान्यता दिँदैनौं



एजेन्सी, १९ पुस। अफगानिस्तानका लग्गी इरानका राजदूत बहदुर अमिनिएनले तालिवानी सरकार समावेशी नभएसम्म उसको सरकारलाई मान्यता नदिने स्पष्ट पारेका छन् । अमिनियएनले अफगानी न्युज च्यानल टोलो न्युजसँगको अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन्।

तालिवानले आफ्नो सरकारको ढाँचामा सुधार ल्याए इरानलगायत अन्य देशले पनि अफगानी सरकारलाई मान्यता दिने उनको भनाइ छ । उनले अन्तरवार्तामा भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम टोलो न्युजले लेखेको छ,‘ , ‘यदि कोही सत्तामा आउँछ र एकै खालको समूहलाई सरकारमा समावेश गर्छ भने त्यसलाई हामीले स्वीकार गर्दैनौं । त्यसले हामी तालिबानसँग उदारतापूर्वक एक समावेशी सरकार बनाउन आग्रह गर्दछौं ।’

यता इस्लामिक अमिरातले भने अमिनिएनको उक्त टिप्पणीले अफगानिस्तानको आन्तरिक मामिलामा दख्खल दिने कोसिस गरेको बताएको छ । अफगानिस्तानका उपप्रवक्ता इनामुल्ला समांगनीले अमिनिएनको टिप्पणीमा आफ्नो प्रतिक्रिया दिएका छन् ।‘के इरानको सरकार अथवा मन्त्रिपरिषद अन्य मानिसको समावेशी परिभाषामा आधारित छ ? हरेक देशको आफ्नो राष्ट्रिय हितको आधारमा समावेशी सरकारको आफ्नै परिभाषा हुन्छ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot